Top Songs By Sugam Pokharel
Credits
PERFORMING ARTISTS
Sugam Pokharel
Performer
COMPOSITION & LYRICS
Sugam Pokharel
Songwriter
Hemant Ghimire
Songwriter
Lyrics
सम्झनामा नआऊ तिमी, कल्पनामा नआऊ
कोरीबाटी अप्सराझैँ सपनामा नआऊ
हुन त यी आँखाहरू तिम्रै बाटो हेर्छन्
औँलाहरू कलम समाई तिम्रै गीत कोर्छन्
गीतभरि नआऊ तिमी, आँखाभरि नआऊ
अल्झिरहने माया बनी प्रीतमा नआऊ
गीतभरि नआऊ तिमी, आँखाभरि नआऊ
अल्झिरहने माया बनी प्रीतमा नआऊ
घामभरि, जूनभरि तिम्लाई देखे पनि
तिम्रै यादमा यादाकदा गीतै लेखे पनि
झुक्याउन नआऊ तिमी, फकाउन नआऊ
बिर्सिदिन्छु तिमीलाई म, कहीँकतै नआऊ
गीतभरि नआऊ तिमी, आँखाभरि नआऊ
अल्झिरहने माया बनी प्रीतमा नआऊ
गीतभरि नआऊ तिमी, आँखाभरि नआऊ
अल्झिरहने माया बनी प्रीतमा नआऊ
हुन त यी आँखाहरू तिम्रै बाटो हेर्छन्
औँलाहरू कलम समाई तिम्रै गीत कोर्छन्
गीतभरि नआऊ तिमी, आँखाभरि नआऊ
अल्झिरहने माया बनी प्रीतमा नआऊ
गीतभरि नआऊ तिमी, आँखाभरि नआऊ
अल्झिरहने माया बनी प्रीतमा नआऊ
सम्झनामा नआऊ तिमी, कल्पनामा नआऊ
कोरीबाटी अप्सराझैँ सपनामा नआऊ
झुक्याउन नआऊ तिमी, फकाउन नआऊ
बिर्सिदिन्छु तिमीलाई म, कहीँकतै नआऊ
गीतभरि नआऊ तिमी, आँखाभरि नआऊ
अल्झिरहने माया बनी प्रीतमा नआऊ
गीतभरि नआऊ तिमी, आँखाभरि नआऊ
अल्झिरहने माया बनी प्रीतमा नआऊ
गीतभरि नआऊ तिमी, आँखाभरि नआऊ
अल्झिरहने माया बनी प्रीतमा नआऊ
गीतभरि नआऊ तिमी, आँखाभरि नआऊ
अल्झिरहने माया बनी प्रीतमा नआऊ
Written by: Hemant Ghimire, Sugam Pokharel