Lyrics

तिमी सपना देख्नू है, अनि अघि बढ्नू है
धैर्यले दुःखको समुन्द्र तर्नू है
बदलिन्छन् यहाँ भावना
मनसँग मन टाढा हुँदा
तिमी मनभित्र आशाको दियो जलाउनू
एउटा चित्र कोर्नू, अनेक रङ्गले सजाउनू
मेटिन्छन् अस्तित्व यहाँ
एक पललाई ओझेल हुँदा
तर क्षितिजपारि एउटा नयाँ संसार छ
जहाँ खुशीका फूलहरू फुलछन् सधैँ
तिमी बादललाई हेरी मेरो प्रतीक्षा गर्नू
म आउनेछु इन्द्रेनी रङ्गसँगै
म आउनेछु इन्द्रेनी रङ्गसँगै
म आउनेछु इन्द्रेनी रङ्गसँगै
म तिम्रा सबै विघ्नबाधाहरूलाई आफै बादल बनी आई छेकिदिन्छु
तिमी रहस्यमय कल्पनाहरूमा हराउँदै मिलनको गीत लेख्नू
म जून र तारालाई बयान गर्छु
तिम्रो शृङ्गारले भरिएको मुहार
तिमी हिम्मत नहारी ती कदम बढाउनू
अनि बदलिन्छ तिमीलाई देखेर संसार
अनि बदलिन्छ तिमीलाई देखेर संसार
तर क्षितिजपारि एउटा नयाँ संसार छ
जहाँ खुशीका फूलहरू फुलछन् सधैँ
तिमी बादललाई हेरी मेरो प्रतीक्षा गर्नू
म आउनेछु इन्द्रेनी रङ्गसँगै
Written by: Nick Banzara
instagramSharePathic_arrow_out