Lyrics
मुस्कुराएर भन न मात्र, गर्छु पुरा म चाहना तिम्रा
लेखी-लेखी यी पानाहरूमा साहारा तिम्रैले
यो धड्कनलाई धड्कन बनाउँछ
टाढा भए पनि मुटुले मुटुलाई बोलाउँछ
यो रात र दिन तिम्रै न्यानो त्यो अँगालोको
प्रतीक्षा गर्दै बसिरहेछ यो मन
यो रात र दिन तिम्रै न्यानो त्यो अँगालोको
प्रतीक्षा गर्दै बसिरहेछ यो मन
मुस्कुराएर भन्छु म पनि मनका कुरा झन्
लजाएर नभाग न तिमी, सुन न सुन
चलिरहेछ यो जीवन हाँसीखुसी रही आज
नहुन्थ्यौ तिमी यो जीवनमा, खाली-खाली संसार
यो रात र दिन तिम्रै न्यानो त्यो अँगालोको
प्रतीक्षा गर्दै बसिरहेछ यो मन
यो रात र दिन तिम्रै न्यानो त्यो अँगालोको
प्रतीक्षा गर्दै बसिरहेछ यो मन
एक-दुई दिनहरू त केही होइन
हजारौँ तिम्रै लागि पर्खी बस्छु म
एक-दुई दिनहरू त केही होइन
हजारौँ तिम्रै लागि पर्खी बस्छु म
बिर्सन सकिन मैले त्यो मुहार
यो रात र दिन तिम्रै न्यानो त्यो अँगालोको
प्रतीक्षा गर्दै बसिरहेछ यो मन
यो रात र दिन तिम्रै न्यानो त्यो अँगालोको
प्रतीक्षा गर्दै बसिरहेछ यो मन
मुस्कुराएर बसिरहन्छु म पनि यहाँ
त्यहीँ छौ भनेर आनन्द मनाएँ
Writer(s): Sushant Kc
Lyrics powered by www.musixmatch.com