album cover
Timi Kata
33
Pop
Timi Kata was released on January 6, 2021 by Prashant ezekiel rai as a part of the album Timi Kata - Single
album cover
Release DateJanuary 6, 2021
LabelPrashant ezekiel rai
LanguageHindi
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM119

Music Video

Music Video

Credits

PERFORMING ARTISTS
COMPOSITION & LYRICS
PRODUCTION & ENGINEERING
Mallroad studios
Mallroad studios
Producer

Lyrics

मन मेरो मसँग नै छैन नि हो
तिमीले नै उतैतिर लगिगएछौ
मन मेरो मसँग नै छैन नि हो
तिमीले नै उतैतिर लगिगएछौ
तिम्रो मन चाहिँ अरूैसँग साटेछौ नि हो
म चाहिँ यहाँ तिम्रै आसमा बसिरहेछु
थाहा छ नि तिमी अब आउँदैनौ भनी
यो मनलाई कसले पो बुझाउने नै हो?
भन्न त धेरै थियो तिमीलाई
ओठसम्म ल्याएर नि अड्किन्छु म
अन्तिम चोटि भेटे हुन्थ्यो
तर तिमी कता, म कता, भेट्न नै नमिल्दो भो
मेरो ठाउँ चाहिँ अरूले लिइसकेछ नि हो
यो मुटुलाई लिएर नि कता जाऊँ म?
सपना त ठूलो थिएन तर खुशी थिएँ म
मलाई त के, तिमी भए मात्र पुग्नेथ्यो
बढ्न खोज्छु अघि तर त्यहीँ अड्किन्छु म
जो भेटे नि ऊ भित्र नि तिमी खोज्छु म
भन्न त धेरै थियो तिमीलाई
ओठसम्म ल्याएर नि अड्किन्छु म
अन्तिम चोटि भेटे हुन्थ्यो
तर तिमी कता, म कता, भेट्न नै नमिल्दो भो
खुशीले भरोस् संसार तिम्रो
रुन नपरोस् यादमा मेरो
सपना जे नि छ तिम्रो, पूरा भइदियोस्
तिम्रो र मेरो कथाको अन्त यही नै होस्
मन मेरो तिमीसँग नै रहने नि हो
तर तिमी कता, म कता, भेट्न नै नमिल्दो भो
Written by: Prashant ezekiel rai
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...