Top Songs By Shashwot Khadka
Similar Songs
Lyrics
"किन पछ्याइरहन्छौ तिमी?"
सोधेनौ के आफैलाई यो एकचोटि?
देख्दैनौ र माया यो मेरो?
लुकाई लुक्दैन भावना मनका
चल्न देऊ बतास, उडाई लगोस् यो संसार
समाइरहन्छु त्यो हात बाँकी रहुन्जेल यो सास
शीतल छाया बनी आइदेऊ, माया
शून्य-शून्य छ यहाँ, खोज्छन् तिम्लाई नै आँखा
Yeah, म हेर्छु डराउँदै, हिन्छु भौतारिँदै
दृश्य तिम्रो पाउन (दृश्य तिम्रो पाउन)
खसेका तारा होस् या झरेका परेला
माग्छु तिम्लाई हरेक दिन म (तिम्लाई हरेक दिन म)
किन हो किन त्यसै लाग्छ माया
छैन कुनै कारण खास
गुम्सेको मन र थाकेको तन
खोजिरहन्छ दिनरात तिम्रो नै आभास
चल्न देऊ बतास, उडाई लगोस् यो संसार
समाइरहन्छु त्यो हात बाँकी रहुन्जेल यो सास
शीतल छाया बनी आइदेऊ, माया
शून्य-शून्य छ यहाँ, खोज्छन् तिम्लाई नै आँखा
चल्न देऊ बतास, उडाई लगोस् यो संसार (बतास)
समाइरहन्छु त्यो-
चल्न देऊ बतास, उडाई लगोस् यो संसार
समाइरहन्छु त्यो हात बाँकी रहुन्जेल यो सास
शीतल छाया बनी आइदेऊ, माया (शीतल छाया)
शून्य-शून्य छ यहाँ, खोज्छन् तिम्लाई नै आँखा
"किन पछ्याइरहन्छौ तिमी?" ("किन पछ्याइरहन्छौ तिमी?")
सोधेनौ के आफैलाई यो एकचोटि? (सोधेनौ के यो आफैलाई?)
देख्दैनौ र माया यो मेरो? (देख्दैनौ र माया यो मेरो?)
लुकाई लुक्दैन भावना मनका, no
Writer(s): Shashwot Khadka
Lyrics powered by www.musixmatch.com