Featured In

Credits

PERFORMING ARTISTS
Swoopna Suman
Swoopna Suman
Performer
COMPOSITION & LYRICS
Suman Thapa
Suman Thapa
Songwriter
PRODUCTION & ENGINEERING
Firoj Bajracharya
Firoj Bajracharya
Producer

Lyrics

यादमा राख्नेछु सधैँ
तिम्रो र मेरो कहानी यो
सँगै बितेका ती पल होस् या
मध्यरात सम्मको हाम्रो कुराकानी त्यो
समयको बेगसँगै बदलिएँ म
बदली गयौ तिमी पनि, हेर न
के गर्नु? रित यस्तै रहेछ जिन्दगानीको
थाहा छैन के थियो तिम्रो-मेरो बिचमा
कलिलो त्यो माया या केवल जोश जवानीको
ओह, ओ
तिम्रो पनि आफ्नै सपनाहरू थियो
आशा छ, पूरा गर्दै छौ तिनलाई
ढाँटेको होइन, लुकाउँदिन कुराहरू
सम्झने गर्छु कहिलेकाहीँ तिमीलाई
फर्केर आऊ त भन्दिन
तर सम्झेर हाँसिदिनू मलाई
बिर्सेर जाऊ पनि भन्दिन म
तिम्रो यादमा राखिदिनू है
सधैँ मलाई, सधैँ मलाई
यादमा राख्नेछु सधैँ
तिम्रो त्यो हातको न्यानो स्पर्शलाई
भुल्ने म छैन नि कतै
गाह्रो हुँदाको त्यो तिम्रो साथलाई, -ई
थाहा छैन के हुने हो भविष्यमा मेरो
तर जे छु म आज, तिम्रो हात छ सधैँ
जीवनको मोडमा फेरि हाम्रो भेट त होला
आशा छ, खुशी देखूँ सधैँ तिमीलाई
चाहेको थिइन तिम्रो चित्त दुखाउन, कठै!
थाहा छ, बुझ्नेछौ तिमी कुनै दिन मलाई
फर्केर आऊ त भन्दिन
तर सम्झेर हाँसिदिनू मलाई
बिर्सेर जाऊ पनि भन्दिन म
तिम्रो यादमा राखिदिनू है
सधैँ मलाई, सधैँ मलाई
सधैँ मलाई, सधैँ मलाई
सधैँ मलाई, सधैँ मलाई
समयले मेटिदिन्छ
समयले नै कोरेको घाउ
भन्नु मेरो यति नै हो
जहाँ हुन्छौ, तिमी सधैँ रमाऊ, तर
यादमा राख्नू है सधैँ
तिम्रो र मेरो कहानी यो
Written by: Suman Thapa
instagramSharePathic_arrow_out