Featured In

Credits

COMPOSITION & LYRICS
Ishan Raj Onta
Ishan Raj Onta
Songwriter
PRODUCTION & ENGINEERING
The Elements
The Elements
Producer

Lyrics

कोरेछु चित्र तिम्रै, तिमी हाँसिदेऊ
पोखेको शब्द समेट्दै छु, सुनिदेऊ
नाता यो चित्तको आँखाले नै बुझिदेऊ
बुझाउनै सकिन, इशाराले नै बुझिदेऊ
नहोला तिम्रो सपनाको मायालु म
निन्द्राले सताए लोरी सुनाइदिन्छु म
नसकुँला तिमीलाई फूलले सजाउन
तिम्रो मन दुखे तिम्लाई गीत गाइदिई फकाउँछु म
तिम्रो मागेको हात, तिम्ले त मुटु नै सुम्पिदियौ
तिम्ले मागेको तारा, ढिलो भो, एकछिन पर्खिदेऊ
सातजुनी बिताउने कसम पो खाएको
हराइसकेको थिएँ, धन्नै तिम्लाई पाएको
नहोला ठूला महलजत्रै घर यो
सिरानी बन्दिन्छु, मात्र तिमी पल्टिदेऊ
नसकुँला तिमीलाई फूलले सजाउन
तिम्रो मन दुखे तिम्लाई गीत गाइदिई फकाउँछु म
नहोला तिम्रो सपनाको मायालु...
Written by: Ishan Raj Onta
instagramSharePathic_arrow_out