Featured In

Credits

PERFORMING ARTISTS
Tara Devi
Tara Devi
Performer
COMPOSITION & LYRICS
Chandani Shah
Chandani Shah
Lyrics
Natikaji
Natikaji
Composer
PRODUCTION & ENGINEERING
Music Nepal
Music Nepal
Producer

Lyrics

शुभकामना भरी हरेक श्वासमा तिम्रो दीर्घायुको कामना गर्न सकूँ म शुभकामना भरी हरेक पलमा तिम्रो जीवनमा सुवास छर्न सकूँ म शुभकामना भरी आँखाका दुई घडा प्रीतले भरेको हरेक बुँदले अभिशेष देओस् श्रद्धा, भक्ती, बिश्वास, मायाले उनेको हर शब्द यो मङ्गलमाला बनोस् शुभकामना भरी हरेक उषामा तिम्रा बिहानीहरु रङ्गाउन सकूँ म शुभकामना भरी मुटुको दियोमा सधैँ बलिरहने अखण्ड बत्ती पथदर्शक रहोस् सधुवाको सिउँदोमा झल्किरहने सिन्दूरझैँ शुभ त्यो जीवन बनोस् शुभकामना भरी हरेक सन्ध्यामा तिम्रा साँझहरु सजाइदिन सकूँ म शुभकामना भरी हरेक श्वासमा तिम्रो दीर्घायुको कामना गर्न सकूँ म
Writer(s): Natikaji Lyrics powered by www.musixmatch.com
Get up to 2 months free of Apple Music Classical
instagramSharePathic_arrow_out