Top Songs By Deepak Bajracharya
Credits
PERFORMING ARTISTS
Deepak Bajracharya
Performer
COMPOSITION & LYRICS
Deepak Bajracharya
Songwriter
Lyrics
प्रिय, तिमी आयौ, हेर, म निदाएको बेला
तिमीलाई के-के भन्ने मन थियो, सकिन, mm-hm
लामो तिम्रो केश, हेर, फरफराएझैँ लाग्यो
तिम्रो हत्केला चुम्न खोज्थेँ, सकिन, mm-hm
जुनेली रातमा हातमा हात थियो
सपनी पो रहेछ
अब धेरै नसताऊ, मेरो बिपनीमा आऊ
प्रिय, तिमीले छोयौ, हेर, म रिसाएको बेला
तिमीलाई कुर्नु कुरेको थिएँ, सकिन कुर्न
फुर्सत मेरो छैन तिमीले भनेको समयमा
निदाउन र बिउँझनलाई कठिन छ, लौ न
म हाँसी बस्छु तिमीलाई साँच्ची भेट्न
छोप्न खोज्छु कुरा बितेका
त्यही कुरा दोहोर्याइरहन्छौ
हे, हे, हे-हे, हे
छलाउँदिन कहिल्यै तिमीलाई
अब धेरै नसताऊ, मेरो अँगालोमा आऊ
न्यानो अँगालोमा बाँधी सुमसुमाऊँ झैँ लाग्यो
म बिउँझन चाहेको थिएँ, दिएनौ तिमीले
गाउँछु गीत मीठो तिमीलाई अलमलाउनलाई
के गरूँ? सपना हो यो मेरो, होइन बिपनी
कहाँ खोजूँ म तिमीलाई साँच्ची भेट्न?
सुत्न चाहन्छु म अझै
कोही, लौ न, मलाई नरोक
हे, हे, हे-हे, हे
बिउँझन चाहन्न म अझै
अब धेरै नसताऊ, मेरो बिपनीमा आऊ
Written by: Deepak Bajracharya