Featured In

Credits

PERFORMING ARTISTS
Deepu Gurung
Deepu Gurung
Performer
COMPOSITION & LYRICS
Deepu Gurung
Deepu Gurung
Songwriter

Lyrics

बस, सुन्दरी, ठन्डी महिना जाडो छ हे, रातो नि गाला चाउरी परेछ बस, सुन्दरी, ठन्डी महिना जाडो छ हे, रातो नि गाला चाउरी परेछ हो, सोल्टिनीको त्यो रातो गालैमा, हो-हो लान्छु तिमीलाई यो आउने सालैमा हातैमा सुनैको चुरा अनि औँठी लगाइदिउँला मखमली चोली अनि शिरबन्दी शिरमा सजाइदिउँला हेर, सुन्दरी, लगन तिम्रो आको छ लहै, त्यो मनले पक्कै आँटे जस्तो छ बस, सुन्दरी, ठन्डी महिना जाडो छ हे, रातो नि गाला चाउरी परेछ हो, कति बस्छ्यौ त्यो माइती गाउैँमा? हाे-हो जाने भए ल्याउँछु जन्ती दैलैमा डोलीमा चढाई पछ्यौरीको घुम्टो ओढाइदिउँला नौमती बाजा बजाई डाँडापाखा, बेँसी घन्काइदिउँला हेर, सुन्दरी, यो मन मेरो साँचो छ तर यो ज्यानलाई तिम्रै खाँचो छ बस, सुन्दरी, ठन्डी महिना जाडो छ हे, रातो नि गाला चाउरी परेछ हेर, सुन्दरी, लगन तिम्रो आको छ लहै, त्यो मनले पक्कै आँटे जस्तो छ हे, रातो नि गाला चाउरी परेछ लहै, त्यो मनले पक्कै आँटे जस्तो छ तर यो ज्यानलाई तिम्रै खाँचो छ
Writer(s): Deepu Gurung Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out