Credits
PERFORMING ARTISTS
Sushant Ghimire
Performer
Esther Rijan
Music Director
Saswot Shrestha
Performer
COMPOSITION & LYRICS
Sushant Ghimire
Songwriter
PRODUCTION & ENGINEERING
Esther Rijan
Producer
Saswot Shrestha
Mastering Engineer
Lyrics
कुहुकुहु गर्दै मलाई सुनाउने चरी
तिमीसँगै उडी जाने मन लाग्छ घरी-घरी
बहाना खोज्दै हिँडेको म घुम्दै वरिपरि
तितो-तितो संसारैदेखि टाढा डाँडापारि
मेरो आफ्नै मनपरी, मलाई लैजाऊ न, चरी
मलाई लैजाऊ न, चरी, मेरो आफ्नै मनपरी
मलाई लैजाऊ न, चरी, तिम्रो डाँडा टाढा-पारि
मेरो आफ्नै मनपरी, मेरो आफ्नै मनपरी
शब्दैमा लेख्ने हो कि?
तिमीलाई भाव नै पोख्ने हो कि?
हेराइले देख्ने हो कि?
तिमीलाई पछ्याउँदै भेट्ने हो कि?
कहिले हावाको त्यो वेगसँगै, हो
मन पनि खुल्ला आकाशझैँ भो
कहिले बादल लोरी सुनाउने
सिरिरिरी तरी जाने तालै, हो
ए, ओखती रहेछ तिम्रा रङ्ग थरीथरी
दुःखपीडा सबै बिर्साउने जादु छरीछरी
मेरो आफ्नै मनपरी, मलाई लैजाऊ न, चरी
मलाई लैजाऊ न, चरी, मेरो आफ्नै मनपरी
मलाई लैजाऊ न, चरी, तिम्रो डाँडा टाढा-पारि
मेरो आफ्नै मनपरी, मेरो आफ्नै मनपरी
रहेछन् हजारौँ अलमल रीत
भन्छन् मनले भनेकै ठीक
को ठीक? यहाँ त पल-पल अतीत
संसारै भुलेर, तिमी सँगैसँगै उडेर
संसारै भुलेर, तिमी सँगैसँगै उडेर
संसारै भुलेर, तिमी सँगैसँगै उडेर
संसारै भुलेर, तिमी सँगैसँगै उडेर
संसारै भुलेर, तिमी सँगैसँगै उडेर
संसारै भुलेर, तिमी सँगैसँगै उडेर
Writer(s): Sushant Ghimire
Lyrics powered by www.musixmatch.com