Top Songs By Kala Suptihang Rai
Credits
PERFORMING ARTISTS
Kala Suptihang Rai
Performer
COMPOSITION & LYRICS
Kala Suptihang Rai
Composer
PRODUCTION & ENGINEERING
Kamal Rana
Producer
Lyrics
लाहुरे माया पल्टनमा, तन टाढा, मन छ साथैमा
आइदेऊ न यसै सालैमा, बनाईदेऊ आफ्नो नावैमा
देउराली साक्षी राखेर, सिन्दुर, पोते लाइदेऊ न
यादैमा बरु बसौँला कुल, इज्जत तिम्रै धानेर
हा••• हा•••
हा••• हा•••
पसिना रगत बगाउँछौआफ्नोको खुसी किन्नलाई
खुकुरी, राईफल समायौ गोर्खाली वीर बन्न लाई
पसिना रगत बगाउँछौआफ्नोको खुसी किन्नलाई
खुकुरी, राईफल समायौ गोर्खाली वीर बन्न लाई
रहर त्यागेऊ खुसी बिर्सी, एक्लै जाला है त्यो जिन्दगानी
भाकल राखी मागेछु, माया, सफलता, तिम्रो नै खुसी
हो, भाकल राखी मागेछु, माया, सफलता, तिम्रो नै खुसी
हा••• हा•••
हा••• हा•••
ईश्वर साक्षी राखेर, कुल, पित्री खुसी पारेर
ठुलाको आशिष शिरैमा, लैजानु आफ्नो गावैमा
ईश्वर साक्षी राखेर, कुल, पित्री खुसी पारेर
ठुलाको आशिष शिरैमा, लैजानु आफ्नो गावैमा
सयौँ खोला तरि आउनु, तिम्रो सानी पर्खीराकी छ नि
ज्यान टाढा अनि मन नजिक हुनु यहि माया साँचो हो नि
आ, ज्यान टाढा अनि मन नजिक हुनु यहि माया साँचो हो नि
हा••• हा•••
हा••• हा•••
लाहुरे माया पल्टनमा, तन टाढा, मन छ साथैमा
आइदेऊ न यसै सालैमा, बनाईदेऊ आफ्नो नावैमा
देउराली साक्षी राखेर, सिन्दुर, पोते लाइदेऊ न
यादैमा बरु बसौँला कुल, इज्जत तिम्रै धानेर
हा••• हा•••
हा••• हा•••
Writer(s): Kala Suptihang Rai
Lyrics powered by www.musixmatch.com