Top Songs By Udit Narayan
Credits
PERFORMING ARTISTS
Udit Narayan
Performer
Dipa Jha
Performer
Juna Parsai
Performer
Narayan Lama
Lead Vocals
Dipa Narayan
Performer
COMPOSITION & LYRICS
Suresh Adhikari
Composer
Lyrics
च-रि-र-रि-र-रि-रै, च-रि-र-रि-र-रि-रै, च-रि-र-रि-र-रि-र-रि-रै
च-रि-र-रि-र-रि-रै, च-रि-र-रि-र-रि-रै, च-रि-र-रि-र-रि-र-रि-रै
वर्ष र दिनको रमाइलो चाड गाउँघरमा आइपुग्यो
नेपाली जनको महान पर्व आँगनमा आइपुग्यो
हो, दशैँ आयो
हो, दशैँ आयो
हो, दशैँ आयो
हो, दशैँ आयो
कोदो फुल्यो बारीमा, लरिलै, धानको बाला झुल्यो खेतैमा
कति राम्री देखिन्छ्यौ, बरिलै, जमरा र रातो टीकैमा
साइको घडी हातैमा, लरिलै, ढाका टोपी ढल्क्यो शिरैमा
तिमीलाई नि सुहाउँछ, बरिलै, जमरा र रातो टीकैमा
हो, दशैँ आयो
हो, दशैँ आयो
ला-ला-ला, ला-ला, ला-ला-ला, ला-ला
पिढीँमा बसी औँला भाँची छोराको आउने दिन गन्दै थिइन्
पिढीँमा बसी औँला भाँची छोराको आउने दिन गन्दै थिइन्
दशैँको दिन, ती बूढी आमै, आइपुग्दा छोरो दङ्गै छिन्
भदौरे झरी छुटेर जाँदा असोजमा नौलो रङ्ग छाउँछ
ठूलाको हात, सानाको माथा, आशिष् दिँदै दशैँ आउँछ
हे, एक्लै भयौ, चमेली, लरिलै, राख मलाई पिङको सिटैमा
कति राम्री देखिन्छ्यौ, बरिलै, जमरा र रातो टीकैमा
फुल्दछन् खुसी जमराभरि, निधारमा अक्षता हाँस्दछन्
हो, फुल्दछन् खुसी जमराभरि, निधारमा अक्षता हाँस्दछन्
मुगलान जाने आफन्तलाई "घर आऊ" भनी डाक्दछन्
हो, ती पल्लाघरे लाहुरे दाइले परदेशको कोसेली बाँड्दै छन्
लाहुरेनी भाउजू मुसुमुसु हाँस्दै भित्र र बाहिर गर्दै छिन्
कोदो फुल्यो बारीमा, लरिलै, धानको बाला झुल्यो खेतैमा
नेपालीलाई सुहाउँछ, बरिलै, जमरा र रातो टीकैमा
हो, दशैँ आयो
हो, दशैँ आयो
च-रि-र-रि-र-रि-रै, च-रि-र-रि-र-रि-रै, च-रि-र-रि-र-रि-र-रि-रै
च-रि-र-रि-र-रि-रै, च-रि-र-रि-र-रि-रै, च-रि-र-रि-र-रि-र-रि-रै (दशैँ आयो)
च-रि-र-रि-र-रि-रै, च-रि-र-रि-र-रि-रै, च-रि-र-रि-र-रि-र-रि-रै (दशैँ आयो)
च-रि-र-रि-र-रि-रै, च-रि-र-रि-र-रि-रै, च-रि-र-रि-र-रि-र-रि-रै (दशैँ आयो)
Writer(s): Suresh Adhikari
Lyrics powered by www.musixmatch.com