Lyrics
पारि गाँवैमा
बसेकी मेरी मायालु
आइदेऊ सपनीमा
आइदेऊ सपनीमा
तिम्रो र मेरो मिलन
नहुन सके पनि
आइदेऊ सपनीमा
आइदेऊ सपनीमा
संसारको नियम कस्तो हो
हाम्रो मिलन नहुने भो
संसारको नियम कस्तो हो
हाम्रो मिलन नहुने भो
बिछोडको व्यथा मुटुभरि
त्यो तिखो काँडाझैँ बिझिदियो
पारि गाँवैमा...
तिमीबिनाको जीवन कस्तो हो
जिउन मलाई गाह्रो भो
तिमीबिनाको जीवन कस्तो हो
जिउन मलाई गाह्रो भो
हाम्रो त्यो कथा शीतसरि
मिर्मिरे उषामै बिलाइगयो
पारि गाँवैमा
बसेकी मेरी मायालु
आइदेऊ सपनीमा
आइदेऊ सपनीमा
तिम्रो र मेरो मिलन
नहुन सके पनि
आइदेऊ सपनीमा
आइदेऊ सपनीमा
Writer(s): Sudarshan Tamang
Lyrics powered by www.musixmatch.com